‘आर्थिक वृद्धि तथा प्रशासनिक काममा सरकार सफल भएको छ’ : मन्त्री पण्डित

  • अनलाइन केन्द्र
  • / राजनीति /
  • २०७६ भाद्र १५, आईतबार (५ साल अघि)
  • ३६ पटक पढिएको
Post Thumbnail

भाद्र १५,काठमाडौँ । सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले सरकार आर्थिक वृद्धि तथा प्रशासनिक काममा सफल भएको बताएका छन ।

रिपोर्टर्स क्लबमा आज आयोजित साक्षात्कारमा उनले नेपालले सात प्रतिशतको आर्थिक वृद्धि गरेको तथा कर्मचारी समायोजनमा द्रुत काम भइरहेको बताए ।

संविधानअनुसार ऐन, कानून बनाउँदै सङ्घ, प्रदेश र स्थानीय तीनै तहबीच अन्तरसम्बन्ध व्यवस्थित गरेको उनको धारणा थियो ।

उनका अनुसार कतिपय कानून सङ्घीय संसद्मा पुगेका तथा केही छलफलका क्रममा र कतिपय मस्यौदा भइरहेका छन् ।

स्थानीय तहलाई ध्यानमा राखेर पहिलो चरणको लोकसेवा आयोगको विज्ञापन खोलीसकिएको र अब सङ्घ तथा प्रदेशका लागि विज्ञापन खोल्ने प्रक्रिया भइरहेको उहाँले जानकारी दिए ।

मन्त्री पण्डितले सरकार भ्रष्टाचारीलाई कारवाही गर्ने कुरामा निर्मम भएर प्रस्तुत भएको उल्लेख गर्दै दोषी जो भए पनि कारवाही गर्न पछि नहट्ने बताए ।

फरक प्रसङ्गमा उनले गौहत्या भएको विषयमा अनुसन्धान भइरहेकाले अपराध गरेको प्रमाणित भए सरकारले दण्डित गर्ने बताए।

ताजा अपडेट

खोजी गर्नुहोस