रुप ज्योतिलाई पक्राउ गरिएकोमा चेम्बरको आपत्ति

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०७६ कार्तिक २३, शनिबार (५ साल अघि)
  • १७ पटक पढिएको
Post Thumbnail

कात्तिक २३, काठमाडौं । ज्योति ग्रुपका उपाध्यक्ष तथा पूर्वमन्त्री डा. रुप ज्योतिलाई प्रहरीले ठगी मुद्दामा पक्राउ गरेर हिरासतमा लिएकोमा नेपाल चेम्बर अफ कमर्शले आपत्ति प्रकट गरेको छ ।

चेम्बर अफ कर्सले शुक्रबार विज्ञप्ती निकाल्दै देशको प्रतिष्ठित व्यवसायीलाई व्यक्तिगत लेनदेन नमिलेको बहानामा अपराधीको शैलीमा विमानस्थलबाट पक्राउ गरेकोमा विरोध जनाइएको छ।

व्यवसायीमाथि अमर्यादितरूपमा धरपकड गर्दा देशको लगानीमैत्री वातावरण बिगर्नेतर्फ ख्याल गर्न चेम्बरले सरकारलाई आग्रह गरेको छ। सिंगापुर हुँदै नयाँदिल्लीबाट बिहीबार आइपुगेका उनलाई त्रिभुवन विमानस्थलबाटै पक्राउ गरेर परिसरले हिरासतमा लिएको थियो।

शाही शासनका बेला अर्थराज्यमन्त्री पनि बनेका ज्योतिले जग्गा र हाउजिङमा बनेको घर दिने भन्दै पैसा लिएर ठगी गरेको आरोपसहित विज्ञेन्द्रकृष्ण मल्ललगायतले उजुरी दिएका थिए।

उनी एक वर्षदेखि प्रहरीको फरार सूचीमा थिए। उनलाई ठगी मुद्दामा प्रहरीले खोजी गरिरहेको थियो। ज्योतिले जग्गा दिन्छु भनेर पैसा उठाउँदै ठगी गरेको भन्दै मुद्दा परेपछि उनलाई पक्राउ गर्न काठमाडौं प्रहरी परिसरले प्रहरी परिचालन गरेको थियो। विज्ञेन्द्रकृष्ण मल्ललगायत अन्यलाई जग्गा र पैसा केही पनि नदिई ठगेको उजुरीपत्रमा उल्लेख थियो।

ज्योतिले ठगी धन्दा नै चलाएको आरोप लगाउँदै उजुरी र मुद्दा दर्ता गरेपछि त्यसकै आधारमा महानगरीय प्रहरी परिसर टेकुको टोलीले पक्राउ गरेको हो। ज्योति तत्कालीन राजा ज्ञानेन्द्र शाहले सत्ता हातमा लिई शासन चलाएको समयमा अर्थ राज्यमन्त्रीसमेत भएका थिए। उनीविरूद्ध प्रहरीले जिल्ला अदालत काठमाडौंबाट तीन दिनको म्याद थपिसकेको छ।

ताजा अपडेट

खोजी गर्नुहोस