भद्रपुर विमानस्थल मंसिर ५ गतेसम्म बन्द

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०७६ कार्तिक २६, मंगलबार (५ साल अघि)
  • १७ पटक पढिएको
Post Thumbnail

कार्तिक २६,झापा । भद्रपुर विमानस्थल मंगलबारदेखि १० दिनका लागि पूर्णरुपमा बन्द भएको छ । चन्द्रगढी नागरिक उड्डयन कार्यालयले विमानस्थलको धावनमार्ग मर्मतसँगै स्तरोन्नतिको काम सञ्चालन गर्न लागेकोले मंगलबारदेखि आउँदो मंसिर ५ गतेसम्मका लागि पूर्णरुपमा बन्द गरेको हो ।

एक हजार ५०० मिटर लम्बाइ र ३० मिटर चौडाइ रहेको धावनमार्ग जीर्ण बन्दै गएकाले गएको भदौ २० गतेदेखि असोज ४ गतेसम्म दिउँसो २ बजेदेखि विमान बन्द गरेर मर्मतसम्भार गरे पनि प्रभावकारी नभएका कारण पुनः पूर्ण बन्द गरेर मर्मतकार्य सुरु गरेको उड्डयन कार्यालयका प्रमुख पूर्ण चुँडालले जानकारी दिए।

गौरी–पार्वती–देव एण्ड सायर जेभी काठमाण्डौले धावनमार्ग मर्मतसम्भारसँगै स्तरोन्नतिका लागि १० करोड २३ लाख रुपैयाँमा ठेक्का लिएको उनको भनाइ छ ।

नेपाल नागरिक उड्डयन प्राधिकरणसँग लिखितरूपमा अनुमति लिएर विमानस्थल बन्द गराएको उनले जानकारी दिए । यस विमानस्थलमा नेपाल, बुद्ध, यती, सौर्य, श्री एयरलाइन्सले उडान भर्दै आएका छन् ।

ताजा अपडेट

खोजी गर्नुहोस