माघ ८, काठमाण्डौ । समयमै उखु किसानलाई बक्यौता रकम नदिने दुई चिनी मिलको खाता रोक्का गर्न सरकारले नेपाल राष्ट्र बैंकलाई पत्राचार गरेको छ ।
उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले उखु किसानलाई भुक्तानी दिन अटेर गरेका अन्नपूर्ण र लुम्बिनी चिनी मिल सञ्चालकको बैंक खाता रोक्का गर्न नेपाल राष्ट्र बैंकलाई पत्राचार गरेको हो ।