सरकारले साझालाई सेयरबापत दिएको तीन अर्ब ब्याजसहित फिर्ता लिने

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०७६ माघ ९, बिहिबार (५ साल अघि)
  • १९ पटक पढिएको
Post Thumbnail

माघ ९, काठमाण्डौ । सरकारले साझा यातायातलाई सेयर लगानीबापत प्रदान गरेको तीन अर्ब रुपैयाँ ब्याजसहित फिर्ता लिने भएको छ । सञ्‍चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बास्कोलटाले सञ्‍चार मन्त्रालयमा यस साताका मन्त्रिपरिषद्‍का निर्णय सार्वजनिक गर्ने क्रममा निर्धारित समयमा बस सञ्‍चालन गर्न नसकेको हुँदा उक्त सेयर लगानीवापतको रकम ब्याजसहित फिर्ता लिने निर्णय गरेको जानकारी दिएका हुन् ।

यसअघि सरकारले ०७६ को असार २८ र २९ निर्णय गरी साझा यातायातलाई तीन सय विद्युतीय बस खरिदका लागि उक्त रकम उपलब्ध गराउने निर्णय गरेको थियो । तीन सय विद्युतीय बस खरिद गर्न भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले साझालाई उक्त रकम प्रदान गरेको हो ।

ताजा अपडेट

खोजी गर्नुहोस