माघ ९, काठमाण्डौ । ग्लोबल आइएमई बैंक लिमिटेडको दुई नयाँ शाखा बिहीबारबाट सञ्चालनमा आएका छन् । बैंकले काठमाडौंको टोखा नगरपालिका, बालुवापाटीमा र कपिलवस्तु जिल्लाको कृष्णनगर नगरपालिका, गुरुद्वारा रोडमा नयाँ शाखा संचालनमा ल्याएको हो ।
दुई नयाँ शाखाको संचालनसँगै बैंकको शाखा कार्यालयको संख्या २६९ पुगेको छ । यससँगै बैंकको ३७ वटा राजश्व संकलन तथा एक्सटेन्सन काउन्टर, २५६ एटिएम तथा २४८ शाखारहित बैंकिङ सेवा छ ।