बंगलादेशी व्यवसायी मोहिद्दिन अहमदको होटल ग्राण्ड भिलामा हत्या

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०७६ माघ १५, बुधबार (५ साल अघि)
  • २१ पटक पढिएको
Post Thumbnail

माघ १५,काठमाडौँ । काठमाडौंमा बंगलादेशी नागरिक मोहिद्दिन अहमदको हत्या भएको छ । सोल्टीमोडको होटल ग्राण्ड भिलाको ११४ नम्बर कोठामा उनको हत्या भएको प्रहरीले जानकारी दिएको छ । अहमद ट्राभल व्यवसायी रहेको बुझिएको छ ।

उनको एक साताअघि नै हत्या भएको प्रारम्भिक जानकारी आएको छ । उनको हत्याबारे खबर ढिला गरी सार्वजनिक भएको छ । महानगरीय प्रहरी वृत्त, कालिमाटीका डीएसपी रुगम कुँवरले बोतलले टाउकोमा हानेको अवस्थामा उनको शव भेटिएको बताए । घटनाका विषयमा अनुसन्धान भइरहेको छ । अहमद क्यासिनोका नियमित ग्राहक भएको बताइएको छ । उनीसँगै होटलमा बसेका एक जना फरार छन् ।

ताजा अपडेट

खोजी गर्नुहोस