आइसीसी महिला विश्वकप क्रिकेटमा सेमिफाइनलका खेल हुँदै

  • अनलाइन केन्द्र
  • / खेलकुद /
  • २०७६ फागुन २२, बिहिबार (५ साल अघि)
  • १७ पटक पढिएको
Post Thumbnail

फाल्गुण २२, काठमाडौं । आइसीसी टी–ट्वेन्टी महिला विश्वकप क्रिकेटमा आज सेमिफाइनलका खेल हुँदैछन् । बिहान पौने १० बजे हुने पहिलो सेमिफाइनल खेलमा इङ्ल्याण्ड र भारतको महिला टिम आमनेसामने हुँदैछन् । भारत समूह ए को विजेता टोली हो भने इङ्ल्याण्ड समूह बी को उपविजेता हो । भारतको महिला टोली आफ्ना सबै चार खेलमा सतप्रतिशत जित निकाल्दै समूह विजेता बनेको हो । इङ्ल्याण्डले भने तीन खेलमा जित निकाल्दा एउटामा पराजय भोगेको छ ।

यी दुई बीचको खेल अस्ट्रेलियाको सिड्नी स्टेडियममा हुनेछ । त्यस्तै आजै दिउँसो पौने २ बजे अस्ट्रेलिया र दक्षिण अफ्रिकाको महिला टिम मैदान उत्रिँदैछन् । अस्ट्रेलिया समूह ए को उपविजेता हो भने दक्षिण अफ्रिका समूह बी को विजेता हो ।

दक्षिण अफ्रिकाले आफ्ना चारमध्ये तीन खेलमा जित निकाल्दा एउटामा अंक बाँढ्दै ७ अंक जोडेको छ । अस्ट्रेलियाले तीन खेलमा जित र एक खेलमा हार ब्यहोरेको छ । यी दुई टोलीबीचको खेल पनि सिड्नीमा हुनेछ । महिला विश्वकपको उपाधि भीडन्त भने आगामी आईतबार मेलबर्नमा हुनेछ ।

ताजा अपडेट

खोजी गर्नुहोस