माईभ्याली गोल्डकपको फाइनलमा मच्छिन्द्र

  • अनलाइन केन्द्र
  • / खेलकुद /
  • २०७६ फागुन २२, बिहिबार (५ साल अघि)
  • १९ पटक पढिएको
Post Thumbnail

फाल्गुण २२, इलाम । शहिद स्मारक ए डिभिजन लिग विजेता मच्छिन्द्र क्लब इलाममा जारी माईभ्याली गोल्डकपको फाइनलमा प्रवेश गरेको छ । बुधबार भएको पहिलो सेमी फाइनल खेलमा भारतको मानेभञ्जाङ फुटबल क्लब दार्जिलिङलाई ३–० गोल अन्तरले पराजित गर्दै मच्छिन्द्रले फाइनलमा आफ्नो सिट सुरक्षित गरेको हो ।
खेलको १९ औं मिनेटमा मच्छिन्द्र क्लबका जर्सी नम्वर १४ का रेजिन सुब्बाले पहिलो गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए । २१ औं मिनेटमा रजिन धिमालले प्रहार गरेको कर्नरमा मच्छिन्द्रका खेलाडी बिदेशी खेलाडी जर्सी नम्वर २९ का अडेलाजा सोमेडेले दोस्रो गोल गर्दै अग्रता दोब्बर पारेका थिए ।

मच्छिन्द्रका रजिन सुब्बाले नै खेलको ८७ औ मिनेटमा तेस्रो गोल गरेका थिए । खेलको म्यान अफ दि म्याच मच्छिन्द्रका देवेन्द्र तामाङ घोषित हुँदै नगद १० हजार प्राप्त गरे । यस सँगै माईभ्यालीको छैटौं संस्करणबाट ४ वटै बिदेशी टिम बाहिरी सकेका छन् । बिहिबार आयोजक माईभ्यली फुटबल क्लब र त्रिभुवन आर्मीबीच दोस्रो सेमीफाईनल खेल हुने छ । फागुन २४ गतेसम्म हुने गोल्डकपको विजेताले ८ लाख र उप बिजेताले ५ लाख रुपैयाँ प्राप्त गर्ने छ ।

ताजा अपडेट

खोजी गर्नुहोस