आज नेपाल र सिंगापुर भिड्दै, नेपालले प्रतिष्ठाको लागि मात्रै खेल्ने

  • अनलाइन केन्द्र
  • / खेलकुद /
  • २०७६ फागुन २३, शुक्रबार (५ साल अघि)
  • १६ पटक पढिएको
Post Thumbnail

फाल्गुण २३, काठमाडौं । एसीसी इस्टर्न रिजन ट्वेन्टी–ट्वेन्टी कप क्रिकेटको अन्तिम खेलमा नेपालले आज सिंगापुरको सामना गर्दैछ । थाइल्याण्डको बैंककस्थित टेर्डथाई क्रिकेट मैदानमा हुने खेल नेपाली समय अनुसार आज बिहान सवा ८ बजे सुरु हुनेछ ।

नेपालको लागि आजको खेल प्रतिष्ठाको लडाई मात्र हुनेछ । एसिया कप छनोटमा पुग्ने लक्ष्य सहित थाइल्याण्ड पुगेको नेपाल एक खेल अगावै प्रतियोगिताबाट बाहिरिसकेको छ । आजको खेलमा जित निकाल्दै नेपाल प्रतियोगिताको सुखद अन्त्य गर्न चाहन्छ । सिंगापुर भने शीर्ष दुई स्थान पक्का गर्दै एसिया कप छनोटमा पुगिसकेको छ । अन्तिम खेलमा आज नेपाललाई हराउँदे सिंगापुर समुहका सबै खेलमा अपराजित रहन चाहन्छ । ३ खेलमा ३ जितका साथ सिंगापुर तालिकाको शीर्ष स्थानमा रहेको छ । नेपाल भने ३ खेलमा १ जित निकाल्दा २ अंकका साथ पुछारबाट दोस्रो स्थानमा छ ।

ताजा अपडेट

खोजी गर्नुहोस