माई भ्याली कप फुटबल प्रतियोगिता : आयोजक र मच्छिन्द्रबीच उपाधि भिडन्त

  • अनलाइन केन्द्र
  • / खेलकुद /
  • २०७६ फागुन २४, शनिबार (५ साल अघि)
  • २१ पटक पढिएको
Post Thumbnail

फाल्गुण २४, इलाम । माई भ्याली कप फुटबल प्रतियोगिताको छैटौं संस्करणको उपाधिका लागि शनिबार आयोजक माई भ्याली फुटबल क्लब र ‘ए’ डिभिजन लिग विजेता मच्छिन्द्र क्लबबीच भिडन्त हुँदैछ । यी दुवै टोली उपाधि आफ्नो पोल्टामा पार्ने धुनमा छन् । फाइनलको अघिल्लो दिन शुक्रबार भएको पत्रकार सम्मेलनमा दुवै टोलीका प्रशिक्षकले उपाधि आफ्नो टोलीले जित्ने दाबी गरे ।

यी दुवै टोली पहिलो पटक फाइनलमा भिड्न लागेका हुन् । गोर्खा ब्वाइजलाई हराउँदै फाइनलमा पुगेको हो, मच्छिन्द्र क्लब । त्रिभुवन आर्मी क्लबलाई सडनडेथमा हराउँदै फाइनल प्रवेश गरेको आयोजक टोलीले घरेलु मैदानको फाइदा उठाउने दाबी गरेको छ। छैटौं संस्करणको माई भ्याली गोल्डकपले नयाँ च्याम्पियन दिनेछ । सहिद स्मारक ‘ए’ डिभिजन लिगमा लिग जितेको मच्छिन्द्र क्लब स्टार खेलाडीहरूले भरिएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस