महिला टी-२० विश्वकपको पाँचौँ उपाधि भारतलाई हराउँदै अस्ट्रेलियाले जित्यो

  • अनलाइन केन्द्र
  • / खेलकुद /
  • २०७६ फागुन २५, आईतबार (५ साल अघि)
  • १५ पटक पढिएको
Post Thumbnail

फाल्गुण २५, काठमाण्डौ । भारतलाई ८५ रनले हराउँदै अस्ट्रेलियाले महिला टी २० विश्वकप क्रिकेटको उपाधि जितेको छ । अस्ट्रेलियाले दिएको १ सय ८५ रनको लक्ष्य पछ्याएको भारतले ९९ रन मात्र बनाउन सकेको हो । टी२० महिला विश्वकपको सातौँ प्रतियोगिता सकिँदा अस्ट्रेलियाको यो पाँचौँ उपाधि हो । अस्ट्रेलियाले सन् २०१०, २०१२ र २०१४ मा लगातार तीन साथै २०१८ मा पनि उपाधि जितेको थियो। २००९ को पहिलो उपाधि इंग्ल्याण्डले साथै २०१६ मा वेस्ट इन्डिजले उपाधि जितेको थियो ।

भारतविरुद्ध टस जितेर पहिले ब्याटिङ रोजेको अस्ट्रेलियाले पूरा २० ओभर खेल्दै ४ विकेट जाँदा १ सय ८४ रन बनाएको थियो। १ सय ८५ रनको लक्ष्य पछ्याएको भारतले १९.१ ओभरमा ९९ रन बनाउँदा सबै विकेट गुमाएको हो ।

ताजा अपडेट

खोजी गर्नुहोस