चैत्र १, काठमाडौं । विश्वभर कहर मच्चाइरहेको कोरोना भाइरसको संक्रमण अब भारतमा पनि फैलिन थालेको छ । अहिलेसम्म कोरोना भाइरसका कारण भारतमा २ जनाको मृत्यु भइसकेको छ । त्यहाँ संक्रमितको संख्या एक सय नाघिसकेको त्यहाँका अधिकारीले बताएका छन् ।
यसबीच भारतको गृहमन्त्रालयले कोरोना भाइरसका कारण मृत्यु भएका परिवारलाई चार लाख भारतीय रुपैयाँ अनुदान दिने भएको छ ।