भारतमा कोरोना संक्रमितको संख्या १०७ पुग्यो

  • अनलाइन केन्द्र
  • / विश्व /
  • २०७६ चैत्र २, आईतबार (५ साल अघि)
  • २० पटक पढिएको
Post Thumbnail

चैत्र २, काठमाडौँ । छिमेकी मुलुक भारतमा कोरोना भाइरसको संक्रमितको संख्या आइतबार अपराहन्नसम्म १०७ पुगेको छ । भारतको स्वास्थ्य मन्त्रालयले पछिल्लो अपडेट दिदै १७ विदेशीसहित भारतमा कोरोना संक्रमितको संख्या १०७ पुगेको जानकारी दिएको छ । भारतमा अहिलेसम्म कोरोनाबाट २ जनाको मृत्यु भएको छ ।

यसैबीच भारतले इरानमा फसेका २३४ जना र इटालीमा रहेका २१८ भारतीय नागरिकलाई भारत ल्याएको छ । साथै भारतले आजदेखि नेपालको सीमाका सडक यातायात अर्को आदेश सम्मका लागि बन्द गर्ने तयारी गरेको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस