पाकिस्तानी मिडिया ग्रुप जीओका प्रधानसम्पादक पक्राउ !

  • अनलाइन केन्द्र
  • / विश्व /
  • २०७६ चैत्र २, आईतबार (५ साल अघि)
  • १९ पटक पढिएको
Post Thumbnail

चैत्र २, काठमाडौं । पाकिस्तानको सबैभन्दा ठूलो मिडिया ग्रुप जंग तथा जीओका प्रधानसम्पादक साकिल उर रहमान पक्राउ परेका छन् । जंग तथा जीओ मिडिया ग्रुपका प्रधान सम्पादक रहमानलाई पाकिस्तानी प्रहरीले मार्च १२ पक्राउ गरेको हो । पाकिस्तानको भ्रष्टाचार बिरुद्ध अनुसन्धान गर्ने निकाय एनएबीले रहमानलाई ३४ बर्ष अघीको एक सम्पती खरीद गरेको कुरालाई गैरकानुनी ठहर गर्दै नियन्त्रणमा लिएको बताएको छ । पाकिस्तानका राजनीतिक व्यक्तित्वहरुको बारेमा अनुसन्धानमुलक पत्रकारीताको लागि जंग र जिओ मिडिया ग्रुप चर्चित रहि आएको छ । रहमान सो मिडिया ग्रुपको ३४ बर्षदेखि प्रधानसम्पादक रहि आएका थिए ।

रहमानको पक्राउको पाकिस्तानको पत्रकारीता जगत र अन्तराष्ट्रिय पत्रकार महासंघ आईएफजेले विज्ञप्ती निकाली विरोध जनाएका छन् । आईएफजेले पाकिस्तानी पत्रकारहरुको संघीय युनियन पीएफयूजेसँग ऐक्यबद्धता जनाउँदै रहमानको पक्राउ प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता र कम्पनीमा काम गर्ने श्रमजिवीहरुको काम र अधिकारप्रतिको हस्तक्षेप भएको उल्लेख गर्दै गम्भिर चासो व्यक्त गरेको छ ।

एनएबीलाई देशको कानुन तथा आफ्नै नियम बिरुद्ध गएर पक्राउ नगर्न इस्लामावाद उच्च अदालतले दिएको आदेश बिरुद्ध गएर पक्राउ गरेकोमा पीएफयूजेले बिरोध गरेको छ । पक्राउ परेका सम्पादक रहमानले न्यूयोर्क टाइम्सलाई बताए अनुसार सरकारले मिडिया ग्रुपका सम्पादक, संवाददाताहरु र उत्पादकहरुलाई हटाउन दवाव दिएको अन्यथा मिडिया नियमक निकायको प्रयोग गरि टेलिभिजन च्यानल बन्द गर्न दवाव दिदै आएको थियो । पीएपयूजेका महासचिव राना मोहमम्द अजिमले कानुन कार्यान्वयन गर्ने निकायलाई आफूहरुले कुनै दवाव नदिए पनि सो मिडिया ग्रुपमा काम गर्ने सबै पत्रकार र श्रमजीवीको हित रक्षका लागि उभिने बताएका छन् ।

ताजा अपडेट

खोजी गर्नुहोस