कोभिड – १९ : अस्ट्रेलियाका तीन राज्यमा संकटकाल घोषणा

  • अनलाइन केन्द्र
  • / विश्व /
  • २०७६ चैत्र ३, सोमबार (५ साल अघि)
  • १७ पटक पढिएको
Post Thumbnail

चैत्र ३, काठमाण्डौ । कोभिड – १९ को संक्रमण रोक्नका लागि अस्ट्रेलियाका तीन राज्यमा संकटकाल घोषणा गरिएको छ । सर्वसाधारणको स्वास्थ्यलाई मध्यनजर गरेर भिक्टोरिया, अस्ट्रेलियन क्यापिटल टेरिटोरी एसीटी र दक्षिण अस्ट्रेलियन सरकारले संकटकाल घोषणा गरेको हो ।

केन्द्रीय सरकारले अस्ट्रेलिया आउने जोकोहीले अनिवार्य १४ दिनसम्म ‘सेल्फ आइसोलेसन’ मा बस्नैपर्ने नियम लगाएको भोलिपल्ट भिक्टोरिया, अस्ट्रेलियन क्यापिटल टेरिटोरी एसीटी र दक्षिण अस्ट्रेलियन सरकारले यस्तो घोषणा गरेका हुन् ।

भिक्टोरिया सरकारले एक महिनासम्मका लागि आपत्कालीन अवस्थाको घोषणा गरेको छ ।अस्ट्रेलियन क्यापिटल टेरिटोरी र दक्षिण अस्ट्रेलियाका सरकार प्रमुखले आफूले यस भाइरसको संक्रमणलाई गम्भीरताका साथ लिएको र यो नियमको कडाइका साथ पालना गरिने जनाएका छन् । अस्ट्रेलियामा अहिलेसम्म कोरोना भाइरसबाट बाट ३ सय ३४ जना संक्रमित बनिसकेका छन भने मृत्यु हुनेको संख्या ५ पुगिसकेको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस