चैत्र ४, काठमाण्डौ । चीनबाट शुरु भइ डेढ सय भन्दा बढी मुलुकमा फैलिएको कोभिड–१९ कोरोना भाईरस जसले सामाजिक अवरोध, आर्थिक क्षति, बिरामी र मृत्यु ल्याएको छ । चीनका अधिकारीहरूले उक्त भाईरस देखा परे पछि पनि शुरुका दिनमा यसबारे सवै जानकारीहरु साझा नगर्दा समग्र विश्व अहिले पिडित भएको छ । यद्यपी चीनले एक्टिव फर्मास्युटीकल इन्ग्रीडीअन्टस एपिआई र चिकित्सा आपूर्तिको निर्यात सीमित नगर्ने आफ्नो निर्णयलाई व्यवहारमा उतारिरहेको छ । चीन एपिआई र चिकित्सा आफूर्तीको प्रमुख विश्वव्यापी आपूर्तिकर्ता हो । चीनको यो कदम सैद्धान्तिक र उदार कार्यको हिसावले प्रसंसनिय छ ।
जब वुहानमा घातक नयाँ भाईरसको पहिलो क्लिनिकल प्रमाण देखापर्यो, चिनियाँ अधिकारीहरू हप्तौंसम्म जनतालाई चेतावनी दिन असफल भए र उनीहरूलाई सताए, हप्काए र धम्काए । यस दृष्टिकोणमा हेर्ने हो भने यसमा कुनै आश्चर्य मान्नुपर्ने छैन, जुन चीनले आफ्नो मेसेन्जरलाई मार्ने उसको लामो इतिहास छ ।
संन २००२ मा देखा परेको सार्स नामक भाईरसको बारेमा एक महीना भन्दा बढी समयसम्म पनि चीनका नेताहरूले सार्वजनिक गरेका थिएनन् । जुन डाक्टरले सार्स भाईरसको बारे कुरा उठाएका थिए उनीलाई ४५ दिनका लागि सैनिक हिरासतमा राखियो । त्यो समयमा सार्सले अन्तत, २६ देशका ८ हजार भन्दा बढी मानिसहरूलाई असर पारिसकेको थियो । यसपटक, कम्युनिष्ट पार्टी अफ चाइनाले आफू बढी बलियो भएको देखाउन गोपनीयताको चाल गरेर राष्ट्रपति सी चिनफिङ नियन्त्रणी बलवानको रूपमा सुदृढ गरियो। जसलाई चिनियाँ कम्युनिष्ट पार्छ सीपीसीले समेत समर्थन गर्यो ।
तर, सार्स भाईरसको समयमा, चीनका नेताहरूले त्यसलाई अझै लुकाउन कोशिस गर्दैगर्दा वुहानबाट उत्पति भएको उक्त भाईरसको केस थाईल्यान्ड र दक्षिण कोरियासम्म फैलिएपछि विकल्पबिहिन चिनियाँहरुले सार्सलाई महामारीको रुपमा घोषणा गर्न बाध्य भएका थिए । अहिलेको कोरोनको केसमा पनि पुरानै प्रवृत्ति हाबी भएकाले वैज्ञानिकहरूले आपतकालिन अवस्थाको घोषणा गर्न गरिएको सिफारिसलाई सी चिनफिङले ठाडै अस्वीकार गरेका थिए । तर दुई हप्ता पछि सरकारले लाखौं जनतालाई क्वारेन्टाईनमा बस्न र राज्यलाई पुरै लकडाउन गर्ने आदेश दिनुपर्यो। तर त्यो निर्णय ढिलो भइसकेको थियो किनकी हजारौं चिनियाँहरू पहिले नै कोभिड–१९ बाट संक्रमित भइसकेका थिए र भाईरस द्रुत रूपमा अन्तर्राष्ट्रिय रूपमा फैलिसकेको थियो ।
अमेरिकी राष्ट्रिय सुरक्षा सल्लाहकार रोबर्ट ओब्रियनले भनेका थिए कि चीनको प्रारम्भिक ढाकछोपले “विश्व समुदायलाई जवाफ दिन दुई महिना लाग्न सक्छ,” विश्वव्यापी प्रकोपलाई बढावा दियो। बढ्दो विश्वव्यापी स्वास्थ्य आपतका कारण हजारौंको मृत्यु भइसकेको छ । महामारीले सामान्य व्यापार र यात्रामा अवरोध पुर्याएको छ । धेरै स्कूल बन्द गर्न बाध्य पारेको छ। अन्तर्राष्ट्रिय वित्तीय प्रणालीलाई रोकेको छ र विश्वव्यापी शेयर बजारलाई धरासायी बनाइ सकेको छ। तेलको मूल्यमा देखिएको प्रभावसँग विश्वव्यापी मन्दी आउने सम्भावना प्रवल छ ।
चीनले जनतालाई चेतावनी दिएर र रोकथाम उपायहरू लागू गरेर घातक नयाँ भाईरसको प्रकोपलाई तुरुन्तै प्रतिक्रिया देखाएको भए यस्तो हुने थिएन । वास्तवमा, ताइवान र भियतनामले सक्रिय प्रतिक्रिया गर्न सक्ने भिन्नता देखाएका छन् । ताइवानले सार्सको अनुभवबाट सिक्दै चीनका नेताहरूले यो प्रकोप स्वीकार गर्नु अघि नै जाँच लगायत निवारणका उपायहरू स्थापना गरिसकेका थियो। त्यस्तै भियतनामले चाँडै चीनबाट उडानहरू रोके र सबै स्कूलहरू बन्द गर्यो । दुबै प्रतिक्रियाले पारदर्शिताको आवश्यकतालाई मान्यता दियो । संक्रमणको संख्या र स्थानमा अद्यावधिक सहित कोरोनाको बिरूद्ध कसरी सुरक्षा गर्ने भनेर दुबै देशमा सार्वजनिक सल्लाहहरू अवलम्बन गरिएका थिए ।
सामान्यतया चीनबाट ठूलो संख्यामा यात्रु ओहरदोहोर हुने यि देशमा जम्मा कोरोना संक्रमित ७० भन्दा कम केश देखापरेको छ । यो सबै ताइवान र भियतनाम दुबै सरकारले लिएको नीतिको कारण थियो जस्को अहिले अन्तराष्ट्रियस्तरमा प्रशंसा हुने गरेको छ ।
नयाँ दिल्लीस्थित नीति अनुसन्धान केन्द्र र बर्लिनको रोबर्ट बोश एकाडेमीमा फेलो, रणनीतिक अध्ययनका प्राध्यापक ब्रह्मा चेल्लानी एसियाली जुग्गरनाट, पानी एशियाको नयाँ युद्धभूमि र पानी, शान्ति, युद्ध विश्वव्यापी जल संकटको सामना गर्दै, जस्ता नौवटा पुस्तकका लेखक समेत हुन्। प्रोजेक्ट सिन्डिकटबाट