चैत्र १७, काठमाडौं । नेदरल्याण्ड सरकारले चीनबाट लगीएका ६ लाख मास्क फिर्ता पठाईदिएको छ । चीनबाट खरिद गरिएका १३ लाख मास्क मध्ये ६ लाख मास्क गुणस्तरहिन पाईएको भन्दै फिर्ता गरिएको डच मिडियाले लेखेको छ ।
गुणस्तरहिन पाइएका मास्क विभिन्न अस्पताललाई पठाइए पनि ति अहिले फिर्ता गरिएको बताइएको छ । कोभिड १९ को संक्रमणबाट जोगिन खरिद गरिएका मास्क गुणस्तरहिन पाइए पछि अहिले बाँकी मास्क पनि वितरण गर्न छोडिएको बताईएको छ । चीनमा निर्मित मास्क नेदरल्याण्डमा मार्च २१ मा पुगेको थियो । एफएफपीटु ग्रेडको मास्क नेदरल्याण्ड सरकारले चीनबाट झिकाएको थियो । सो ग्रेडको मास्कले हावामा भएको ९४ प्रतिशत ठोस र तरल पदार्थ रोक्छ । तर परिक्षणका क्रममा सो मास्कले सो मापदण्ड अनुसार काम नगरेको पाइएको हो । मास्कको फिल्टरमा खराबी पाइएपछि सबै परिक्षण गरिएको थियो ।