स्वास्थ्य मन्त्रालयले जनशक्ति र सामग्री व्यवस्थापनका लागि सातै प्रदेशमा टोली खटायो !

Post Thumbnail

चैत्र २४, काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सातै प्रदेशमा कोभिड १९को रोकथाम पहिचान र उपचारका लागि प्रदेश तहमा जनशक्ति तथा बन्दोवस्तीका सामग्री परिचालन गर्न ११ औं तहका कर्मचारीको नेतृत्वमा टोली खटाएको छ । सो टोलिले खटाइएको प्रदेशमा गई तीन दिनभित्र अनुगमन गरि मन्त्रालयमा प्रतिवेदन दिने बताइएको छ । मन्त्रालयले सचिवस्तरीय निर्णय गर्दै हरेक प्रदेशमा तीन सदस्यीय टोलि पठाउने र त्यहाँको अवस्थाबारे बुझ्ने जिम्मेवारी दिने भएको हो ।

टोलिले उपचारका लागि तोकिएको सरकारी वा निजी अस्पतालले आफ्नो जनशक्ति पहिचान गरि उनीहरूबाट काम लगाउने, जनशक्ति अपुग भएमा केन्द्रसँग समन्वय गरि अन्तरप्रदेश जनशक्ति पहिचान र परिचालन गर्ने र अपुग जनशक्ति स्वंयमसेवका रुपमा वा करार सेवाबाट लिने व्यवस्था मिलाउने काम गर्ने जिम्मेवारी दिइएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस