चैत्र २९, काठमाण्डौ । चीनमा कोरोनाको संक्रमण रोकिए पनि नयाँ संक्रमण देखिने क्रम बढ्न थालेको छ । चीनको नेशनल हेल्थ कमिशनका अनुसार शुक्रबार ४६ जनामा संक्रमण देखिएको छ ।
यसअघि बिहीबार ४२ जना संक्रमित भेटिएका थिए । ४६ मध्ये ३४ जनामा कोरोनाको आशंका गरिए पनि स्पष्ट लक्षण भने देखिएको छैन । यो सँगै चीनमा कोरोनाबाट संक्रमित हुनेको संख्या ८१ हजार ९५३ पुगेको बीबीसीले जनाएको छ ।