चैत्र ३०, काठमाण्डौ । भारतमा कोरोना सङ्क्रमणमा कारण ज्यान गुमाउनेको संख्या बढ्ने क्रममा रहेको छ । भारतमा शनिबार एकैदिन ३९ जनाको ज्यान गएसँगै २ सय ८८ जनाको ज्यान गएको वल्डओमिटरले दावी गरेको छ ।
यस्तै ८ हजारभन्दा धेरै जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । तर भारतीय सञ्चारमाध्यमले भने अहिलेसम्म २ सय ४२ जनाको ज्यान गएको र साढे ७ हजारभन्दा धेरैमा सङ्क्रमण पुष्टि भएको जनाएका छन् । ६ सय ५२ जना भने उपचारपछि निको भएका छन् ।