बैशाख १, काठमाण्डौ । बेलायतका प्रधानमन्त्री बोरिस जोन्सन उपचारपछि प्रधानमन्त्रीको सरकारी निवासमा फर्किएका छन् । प्रधानमन्त्रीको कार्यालय डाउनिङ स्ट्रिट का प्रवक्ताले उहाँ प्रधानमन्त्रीको सरकारी निवासमा आइतबार फिर्ता भएका छन् । बेलायती प्रधानमन्त्री जोन्सन करिब दुई साता अघि कोरोना भाइरस संक्रमणको पुष्टि भएको थियो ।
संक्रमणको पुष्टि भएपछि उनी निबासमै आइसोलेशनमा बसेका थिए । अवस्था सुधार नहुने देखिएपछि गत् साता लण्डनस्थित एक अस्पतालमा भर्ना भएका उनी गत् मंगलबार आईसीयूमा राखिएको थियो ।