भारतमा मृत्युदरमा केहि कमी, आजसम्म ५ सय बढीको मृत्यु !

  • अनलाइन केन्द्र
  • / विश्व /
  • २०७७ बैशाख ७, आईतबार (५ साल अघि)
  • २३ पटक पढिएको
Post Thumbnail

वैशाख ७, काठमाडौं । भारतमा कोरोना भाइरस कोभिड–१९ बाट मृत्यु हुनेको संख्या पाँच सय नाघेको छ । भारतको स्वास्थ्य मन्त्रालयको तथ्यांकअनुसार अहिलेसम्म कोरोना भाइरसको कारण मृत्यु हुनेको संख्या पाँच सय सात पुगेको हो । पछिल्लो २४ घण्टामा भारतमा कोरोना भाइरसबाट २७ जनाको मृत्यु भएको छ । अघिल्लो दिनको तुलनामा भने भारतमा यसबाट मृत्यु हुनेको संख्यामा कमी आएको हो ।

संक्रमितको संख्या भने अघिल्लो दिनको तुलनामा बढेका छन् । पछिल्लो २४ घण्टामा भारतमा एक हजार तीन सयभन्दा धेरै नयाँ संक्रमित फेला परेका हुन् । यससँगै भारतमा समग्र संक्रमितको संख्या पनि १५ हजार सात सय १२ पुगेको छ । भारतको सबैभन्दा प्रभावित राज्य महाराष्ट्रमा अहिलेसम्म दुई सय ११ जनाको कोरोना भाइरसको कारण मृत्यु भइसकेको छ । त्यस्तै मध्यप्रदेशमा ७०, गुजरातमा ५३, दिल्लीमा ४२ जनाको मृत्यु भएको छ । भारतको उत्तर प्रदेशमा अहिलेसम्म नौ सय ६९ संक्रमित देखिएका छन् भने १४ जनाको मृत्यु भइसकेको छ । त्यस्तै बिहारमा ८६ संक्रमित देखिएका छन् भने दुईजनाको मृत्यु भइसकेको छ । अहिलेसम्म भारतमा दुई हजार दुई सय ३१ संक्रमित निको भइसकेका छन् ।

ताजा अपडेट

खोजी गर्नुहोस