चीनबाट बेलायत पनि ठगियो, कोभिड–१९ का बीस लाख त्रुटिपूर्ण किट खरिद !

  • अनलाइन केन्द्र
  • / विश्व /
  • २०७७ बैशाख ८, सोमबार (५ साल अघि)
  • २० पटक पढिएको
Post Thumbnail

वैशाख ८, काठमाडौं । कोरोना भाइरस कोभिड–१९ को उद्गम देश चीनबाट पठाइएका कमसल स्वास्थ्य सामग्रीका कारणविभिन्न देश ठगीमा परेका छन् । चीनबाट जति देशले कोभिड–१९ का परीक्षण किटहरु किनेका छन् तिनीहरु अधिकांश सबै ठगिएका छन् । यसबाट बेलायत पनि अछुतो हुन सकेन । बेलायतको जस्टअर्थन्यूजका अनुसार बेलायत १ करोड ६० लाख पाउन्ड मूल्य बराबरको त्रुटिपूर्ण किट किनेर खर्च गर्न वाध्य भएको हो । बेलायतले उक्त मूल्यमा बीस लाख कोभिड–१९ का एन्टीबडी टेष्ट किनेको हो ।

पछि थाहा भयो कि ती सबै त्रुटिपूर्ण रहेका थिए । डेलीमेलले जनाए अनुसार बेलायतसहितका विश्वका अन्य राष्ट्रहरुले एउटा परीक्षण खोज्ने प्रयास गरिरहेका छन् जुन धेरै उत्पादन गर्न सकिन्छ । ताकि यसबाट कसलाई रोग लागेको छ र कसको रोगको प्रतिरोधात्मक क्षमता छ कि छैन भनेर छिट्टै पत्ता लगाउन सकियोस् ।

अक्सफोर्ड विश्वविद्यालयको एक प्रयोगशालाले त्रुत्रिपूर्ण पाँच लाख परीक्षणहरु भण्डारणको फोहरमा जम्मा गर्दै गरेको बताएको छ । त्यस्तै अमेरिकी पत्रिकाका अनुसार १५ लाख परीक्षण किटसमेत पनि त्रुटिपूर्ण रहेको जनाइएको छ । केही रकम भए पनि फिर्ता पाउनका लागि बेलायती अधिकारीहरुलाई लज्जित पारेको समेत पत्रिकाले जनाएको छ । यसबारेमा बेलायती प्रधानमन्त्रीको कार्यालय डाउनिङ स्ट्रिटले उक्त दावीलाई अस्वीकार नगरे पनि प्रधानमन्त्रीका कार्यालय प्रवक्ताले दुई करोड डलरको आँकडाका बारेमा जानकारी नभएको बताए ।

ताजा अपडेट

खोजी गर्नुहोस