भारतमा कोरोना संक्रमितको संख्या २० हजार नाघ्‍यो, ६ सय ४५ जनाको मृत्यु

  • अनलाइन केन्द्र
  • / विश्व /
  • २०७७ बैशाख १०, बुधबार (५ साल अघि)
  • १९ पटक पढिएको
Post Thumbnail

वैशाख १०, काठमाण्डौ । भारतमा कोरोना भाइरस संक्रमितको संख्या २० हजार नाघेको छ । मंगलबार रातिसम्म २० हजार ८३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ भने मृतक संख्या ६ सय ४५ पुगेको टाइम्स अफ इण्डियाले जनाएको छ । योसँगै भारत धेरै कोरोना संक्रमित भएको १७ औं मुलुक बनेको छ । मंगलबार भारतमा १४ सय ९३ नयाँ संक्रमित फेला परेका छन् । एकैदिन भारतमा धेरै संक्रमित फेला परेको यो दोश्रो पटक हो । यसअघि आइतबार सबैभन्दा बढी १६ सय १३ जना संक्रमित थपिएका थिए ।
मंगलबार भेटिएका संक्रमितमध्ये सबैभन्दा धेरै महाराष्ट्रबाट रहेका छन् । महाराष्ट्रमा ४ सय १९ जना संक्रमित भेटिएका छन् भने १२ जनाले ज्यान गुमाएका छन् ।त्यसपछि राजस्थान र पश्चिम बंगालमा धेरै संक्रमित भेटिएका छन् ।

राजस्थानमा १ सय ५९ नयाँ संक्रमित फेला परेका छन् भने पश्चिम बंगालमा ५३ जना संक्रमित भेटिएका छन् । अन्य भारतीय राज्यहरूमा समेत कोरोना भाइरस संक्रमितहरू तीव्र गतिमा बढिरहेको तथ्यांकले देखाएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस