युरोपमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या १ लाख १० हजार नाघ्यो !

  • अनलाइन केन्द्र
  • / विश्व /
  • २०७७ बैशाख १०, बुधबार (५ साल अघि)
  • १९ पटक पढिएको
Post Thumbnail

वैशाख १०, काठमाण्डौ । कोरोना भाइरस कोविड –१९ को संक्रमणको कारण युरोपभरीमा ज्यान गुमाउनेको संख्या १ लाख १० हजार नाघेको छ । नेपाली समयानुसार बुधबार अपराह्न ५ बजे प्राप्त भएको समाचारअनुसार युरोपभरी कोरोना भाइरस सक्रमितको संख्या १२ लाख ४६ हजार ८४० रहेको छ । यसमा १ लाख १० हजार १९२ जनाको ज्यान गएको बताइएको छ । युरोप कोरोना भाइरसको संक्रमणको कारण अत्यन्त प्रभावित महादेशमा पर्दछ ।

कोरोना भाइरसको संक्रमणको कारण इटालीमा २४ हजार ६४८, स्पेनमा २१ हजार ७१७, फ्रान्समा २० हजार ७९६ र बेलायात १७ हजार ३३७, बेल्जियममा ६ हजार २६२, जर्मनीमा ५ हजार १००, नेदरल्याण्डसमा ३ हजार ९१६ जनाले ज्यान गुमाएका छन् । त्यस्तै स्विडेनमा एक हाजर ९३७ र स्विटजरल्याण्डमा एक हजर ४७८ जनाले ज्यान गुमाएका छन् ।

ताजा अपडेट

खोजी गर्नुहोस