कोरोनाको उत्पति चीनले गराएको नभइ प्राकृतिक रुपमै : डब्लुअएचओ

  • अनलाइन केन्द्र
  • / विश्व /
  • २०७७ बैशाख २०, शनिबार (५ साल अघि)
  • २१ पटक पढिएको
Post Thumbnail

वैशाख २०, काठमाडौं । विश्व स्वास्थ्य संगठन डब्लुअएचओले कोरोना भाइरसको उत्पति प्राकृतिक रुपमा भएको जनाएको छ । डब्लुएचओका कार्यकारी निर्देशक माइकल रायनले भाइरसको आनुवंशिक अनुक्रम जाँच गरिरहेका वैज्ञानिकहरुले उक्त भाइरसको उत्पति प्राकृतिक रुपमै भएको दावी गरेका हुन । गत महिना डब्लुएचओले नै कोरोना भाइरस जनावरहरुबाट फैलिएको हुनसक्ने आंकलन गर्दै घरपालुवा जनावरको मासु आयात निर्यातमा रोक लगाउनुपर्ने जनाएको थियो । पछिल्ला दिनहरुमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीनले आफू उत्पति गरेको कोरोना भाइरसका कारण आफ्नो देशलाई नोक्सान पुर्‍याउन खोजेको प्रतिक्रिया दिएका थिए । राष्ट्रपति ट्रम्पले गत वर्ष डिसेम्बरमा वुहान शहरमा पहिलो पटक देखा परेको कोरोना चीनका अन्य शहरमा नफैलिएकाले पर्याप्त आशंका गर्ने ठाउँ रहेको प्रतिक्रिया दिएका थिए । ट्रम्पको उक्त अभिव्यक्तिप्रति चीनले कडा आपत्ति जनाएको थियो ।
शक्ति राष्ट्रहरुबीच कोरोना भाइरसको विषयलाई लिएर विवाद भएपछि डब्लुएचओले भाइरसको उत्पतिका बारेमा अनुसन्धान गरिरहेको बताएको थियो ।

ताजा अपडेट

खोजी गर्नुहोस