जापानमा आपतकाल २१ दिन लम्बियो !

  • अनलाइन केन्द्र
  • / विश्व /
  • २०७७ बैशाख २२, सोमबार (५ साल अघि)
  • २१ पटक पढिएको
Post Thumbnail

वैशाख २२, काठमाडौं । जापानमा कोरोना भाइरस कोभिड–१९ को कारण घोषणा गरिएको आपतकालीन अवस्था मे ३१ सम्म लम्ब्याइएको छ । जापानका प्रधानमन्त्री सिन्जो आबेले सोमबार मुलुकभर लगाइएको आपतकालीन अवस्था मे महिनाभर जारी रहने घोषणा गरेका हुन् । हाल लगाइएको संकटकाल मे ७ अर्थात आउँदो बिहीबार सकिँदैछ । त्यसपछि थप २१ दिनका लागि सं‌कटकाल थपिएको हो ।

प्रधानमन्त्री आबेले कोरोना भाइरस नियन्त्रणको लागि बनाइएको सरकारी कार्यदलसँगको बैठकपछि मे महिनाभर आपतकाल जारी राख्ने घोषणा गरेका हुन् । बैठकले कोरोना भाइरस नियन्त्रणको लागि जापानमा आपतकाल जारी राख्नु जरुरी रहेको निष्कर्ष निकालेको हो । प्रधानमन्त्री आबेले अहिले लम्ब्याइएको लकडाउनको अवधिमा मुलुकमा आपतकाल अन्त्य गर्न चालिने आगामी कदमबारे तयारी गरिने बताएका छन् । उनले सबै मानिसलाई भौतिक दूरी कायम राख्न पनि आग्रह गरेका छन् ।

जोन्स हप्किन्स युनिभर्सिटीको तथ्यांक अनुसार अहिलेसम्म जापानमा कोरोना भाइरसबाट संक्रमित हुने मानिसको संख्या १४ हजार आठ सय ७७ पुगेको छ भने चार सय ८७ जनाको कोरोना भाइरसको कारण मृत्यु भएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस