आगामी वर्षदेखि दुईवटा रेल दौडने मन्त्री नेम्वाङको दाबी

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७७ जेष्ठ २६, सोमबार (५ साल अघि)
  • २२ पटक पढिएको
Post Thumbnail

जेठ २६, काठमाडौं । महिला बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री पार्वत गुरुङले समाजमा रहेका सबै किसिमका हिंसा अन्त्यका लागि सरकार प्रयासरत रहेको बताएका छन् । संघीय संसद प्रतिनिधिसभाको सोमबारको बैठकमा विनियोजन विधेयक २०७७ माथि भएको मन्त्रालयगत शीर्षकमाथिको छलफलमा उठेका प्रश्नहरूको जवाफ दिँदै उनले समाजमा रहेको कुसंस्कार, कुरिति र अन्धविश्वास अन्त्य गर्न मन्त्रालयले विशेष प्राथमिकता दिएको बताए ।

उनले महिला, बालबालिका र ज्येष्ठ नागरिकमाथि हुँदै आएको व्यवहारमा परिवर्तन गर्ने गरी कार्यक्रमहरू तय भएको बताए । प्रधानमन्त्री केपी शर्मा ओलीले बारम्बार भन्दै आएको नेपालको आफ्नै रेलको सपना पूरा हुन लागेको विभागीय मन्त्रीले दाबी गरेका छन् । भौतिक पर्वाधार तथा यातायात मन्त्री वसन्त नेम्वाङले नेपालले दुईवटा रेल खरिद गरिसकेको र रेल निर्माण कार्यसमेत सम्पन्न भएको बताएका हुन् ।

ताजा अपडेट

खोजी गर्नुहोस