सरिता गिरीलाई पदमुक्त गरी कारबाही गर्न माग

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७७ जेष्ठ २८, बुधबार (५ साल अघि)
  • २० पटक पढिएको
Post Thumbnail

जेठ २८, काठमाडौँ । नेपाल तरुण दलले सांसद सरिता गिरीलाई पदमुक्त गरी कारबाही गर्न माग गरेको छ । एक विज्ञप्ति जारी गर्दै तरुण दलले सांसद गिरीलाई तत्काल पदमुक्त गरी कारबाही गर्न सरकारसँग माग गरेको हो ।

सांसद गिरीले हालै एक टेलिभिजन अन्तर्वार्तामा नेपालका भूमिहरु लिपुलेक, लिम्पियाधुरा र कालापानीलाई नेपालका होइनन् भनेर अभिव्यक्ति दिएकोप्रति ध्यानाकर्षण भएको जनाउँदै तरुण दलले राष्ट्रघाती अभिव्यत्ति दिने सांसदलाइ तत्काल पदमुक्त गरी कारबाही गर्न माग गरेको हो ।

लिम्पियाधुरा नेपालको नभएको भनी सार्वजनिक रुपमा टेलिभिजन मार्फत अन्तरवार्ता दिनु मुलुकको स्वतन्त्रता, राष्ट्रिय अखण्डता, स्वाभिमान, राष्ट्रिय एकता विरुद्धको अभिव्यक्ति भएको तरुण दलको ठहर छ । तरुण दलले सांसद गिरीलाई उक्त अभिव्यक्ति सच्याउन पनि माग गरेको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस