प्रचण्डले भने-‘राजतन्त्रले गुमायो र गणतन्त्रले ऐतिहासिक जिम्मेवारी लियो’

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७७ जेष्ठ ३१, शनिबार (५ साल अघि)
  • २१ पटक पढिएको
Post Thumbnail

जेठ ३१, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राजतन्त्रले गुमायो र गणतन्त्रले ऐतिहासिक जिम्मेवारी लिएको बताए । प्रतिनिधिसभाको बैठकमा नेपालको संविधान दोश्रो संशोधन विधयेक, २०७७ सर्वसम्मतिले पारित गरियोस् भन्ने प्रस्तावपछि उनले आफ्नो धारणा राखेका थिए ।
उनले राष्ट्रिय महत्व र दुरगामी महत्वको विषयमा राष्ट्रिय एकतालाई विकास गरेर आएको बताउँदै शान्ति प्रक्रिया, संविधान निर्माण , प्राकृतिक विपदको विषय र उत्पन्न समस्यामा पनि राष्ट्रिय जिम्मेवारीका साथ सहकार्य गरेर अघि बढेको बताए ।

ताजा अपडेट

खोजी गर्नुहोस