वर्षौंदेखि भारतले कब्जा गर्दै आएको लिम्पियाधुरा, लिपुलेक, कालापानी क्षेत्र

  • अनलाइन केन्द्र
  • / राजनीति /
  • २०७७ अषाढ २, मंगलबार (५ साल अघि)
  • २१ पटक पढिएको
Post Thumbnail

असार २, काठमाण्डौ । धेरैलाई लाग्न सक्छ– लिम्पियाधुरा, लिपुलेक, कालापानी क्षेत्र अनकन्टार होला । भारतले वर्षौंदेखि कब्जा गरेको उक्त नेपाली भूमि खासमा साँच्चै मनमोहक छ । यताका कसैले टेक्न, देख्न नपाइरहेको उक्त भूमिबारे धेरैलाई कौतुहल बढ्दो छ । प्राकृतिक सुन्दरताको छुट्टै मोहक छरिरहेछ पराइले ओगटेको यो भागले । २०५८ सालमा दार्चुलाका तत्कालीन प्रमुख जिल्ला अधिकारी वेदप्रकाश लेखक सीमा विवाद नियाल्न कालापानीसम्म गए । ठूलै अनुरोध गरेर उनी त गए, तर सुरक्षाकर्मी लैजान पाएनन् । भयंकर खानतलासीपछि गएका लेखक सम्झिन्छन्, ‘सैनिक बलमै भारतले त्यो इलाका कब्जा गरेको ग¥यै छ ।’

उत्तर चीनको सिमानामा करिब ७० किलोमिटर हिमाली पर्वत शृंखला छ। त्यसलाई लिम्पियाधुरा पर्वत शृंखला भनिन्छ। त्यसको पश्चिमको अग्लो चुचुरो लिम्पियाधुरा बाट काली नदी आउँछ। लिम्पियाधुरा ५५ सय मिटर उचाइमा छ । लिपुलेक भन्ज्याङ छाङला ५ हजार ९८ मिटरमा छ। छाङरु र तिङकरको पश्चिमी मोहडामा ॐ हिमाल छ । त्यो विशाल पर्वत कालापानी लिपुपास बीचबाट पूर्वी मोहडामा पर्छ । यसको बीचमा हिउँले नै ॐ लेखिएको छ ।

भारतले ठूलो सख्यामा अर्ध सैनिक बल राखेको कालापानी भने समथर छ । भारतीय अर्धसैनिक बाह्रैमहिना त्यहाँ बस्छन्। भारतीय पक्षले ब्यारेकभन्दा दक्षिणमा नक्कली काली मन्दिर बनाएको छ। काली नदीको मन्दिरबाट उम्रिएको खोल्सोलाई काली नदी भारतले भन्छ । त्यहाँ बंकर छ। हेलिकप्टर बस्ने ठाउँ छ। जाडोमा बस्न सक्ने गरी त्यो ब्यारेक बनाइएको छ । यो समाचार आजको अन्नपूर्ण पोस्ट् दैनिकमा सुरेन्द्र काफ्लेले लेखेका छन् ।

ताजा अपडेट

खोजी गर्नुहोस