असार ३,काठमाडौँ । नेपाली सेनाका प्रधानसेनापति पूर्णचन्द्र थापा र सशस्त्र प्रहरी बलका महानिरीक्षक शैलेन्द्र खनाल कालापानी स्थित छाङरुमा पुगेका छन् ।
गत जेठ १ गते छाङरुमा स्थापना गरिएको बोर्डर आउट पोष्ट (बीओपी) निरीक्षण गरेर थापा र खनाल धनगढी फर्किएका हुन् । नेपाली सेनाको हेलिकप्टरबाट दुवै जना बुधबार त्यहाँ गएका थिए ।
छाङरुमा रहेको सशस्त्र प्रहरीको फौजबाट दुई सुरक्षा निकायका प्रमुखले व्रिफिङ लिएका छन् । साथै, आवश्यक निर्देशन पनि दिएका छन् ।