प्रधानमन्त्री ओलीले भने-‘एमसीसी सम्झौताबारे पढ्दै नपढी विरोध मात्रै गर्न पाईन्छ ?

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७७ अषाढ ४, बिहिबार (५ साल अघि)
  • १६ पटक पढिएको
Post Thumbnail

असार ४, काठमाण्डौ । प्रधानमन्त्री केपी शर्माओलीले एमसीसी सम्झौताबारे पढ्दै नपढी विरोध भएको बताएका छन् । बुधबार राष्ट्रियसभाको बैठकमा बोल्दै उनले प्रधानमन्त्री ओलीले एमसीसी सम्झौतामा के छ पढ्न सुझाव दिए । खुट्टाले टेकेर हिँड्न छाडेर टाउकाले टेकेर हिँड्ने अभ्यास गरिरहेको आरोप लगाउँदै ओलीले भने, ‘लहलहैमा लागेर लौ अमेरिकी सेना आउने भयो भन्छन्, कहाँ के पढ्छन मलाई अचम्म लाग्छ ।’ धेरै जना कागले कान लग्यो भनेर दौडिरहेको तर कान छाम्ने चलन नरहेको प्रधानमन्त्री ओलीले बताए ।

राष्ट्रिय सभामा सांसदका प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री ओलीले एमसीसीबारे पढेका मान्छे कम मात्रै देखेको बताए । पढ्न अल्छी गर्ने र अनावश्यक हल्ला फैलाउन केही मान्छे सक्रिय भएको ओलीको भनाइ छ ।

ताजा अपडेट

खोजी गर्नुहोस