असार ५, काठमाण्डौ । प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी फागुन महिनासम्म कोरोना भाइरस नियन्त्रणमा आउने दाबी गरेका छन् । उनले साउन अन्तिमतिर उच्च बिन्दुमा पुग्ने र मंसिर अन्तिमतिरबाट कोरोना संक्रमणको संख्या ओरालो लाग्ने बताए ।
बिहीबार राष्ट्रिय सभामा संसदहरूले उठाएको प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री ओलीले भने – ‘भदौको शुरूबाट कोरोना ओरालो लाग्छ, तर दशैंतिर छठका कारणले संक्रमण बढुन सक्छ, त्यो खतराबाट हामीले जोगाउनुपर्छ ।’
अहिले कोरोना संक्रमितको संख्या ओरोलो लागेको बताउँदै नेपालीहरूमा इम्युनिटी पावर बढी भएका कारण संक्रमणको संख्या कमी भएको बताए । प्रधानमन्त्री ओलीले भने ‘कोराना भनेको रुघा–खोकी जस्तो हो । तातोपानी खाएर भगाउनुपर्छ भने उच्च मनोबल राख्नुपर्छ ।’
‘दशैं–तिहार र छठ जस्ता चाडहरू आउँदै छन् । यो चाड सधैँ रमाइलो हुन्थ्यो । यसपटक फेरि संक्रमण बढाउँछ भन्ने अवस्था छ । यदि यसले हाम्रो ग्राफ बढाइदियो भने उधो झर्दै गरेको ग्राफ मंसिरमा फेरि अलिकति मास्तिर जान सक्छ ।’ –उनले भने ।
अमेरिकी सहयोग निकाय मिलेनियम च्यालेन्ज कर्पोरेसन एमसीसीका बारेमा विरोध गर्नुको सट्टा प्रधानमन्त्री ओलीले खोजेर पढ्न आग्रह गरे । उनले भने – ‘विरोधका लागि मात्र विरोध नगरौं, खुट्टा टेकेर हिँडनुपर्छ, जथाभावी बोलेर भ्रममा पार्ने काम नगरौं ।’