पछिल्लो तीन महिनामा अख्तियारमा दुई हजारभन्दा बढी उजुरी

  • अनलाइन केन्द्र
  • / राजनीति /
  • २०७७ अषाढ ७, आईतबार (४ साल अघि)
  • २१ पटक पढिएको
Post Thumbnail

असार ७, काठमाडौं । सरकारले चैत पहिलो हप्तामा ‘लकडाउन’ घोषणा गरेसँगै देशभरको आर्थिक गतिविधि ठप्प भयो । कोरोनाको महामारी बढ्दै गएपछि कोरोना रोकथाम तथा नियन्त्रणसम्बन्धी स्वास्थ्य सामग्री खरिदका लागि विभिन्न प्रक्रियाहरु अघि बढाइयो । तर, तीन महिनाको अवधिमा दुई हजारभन्दा बढी उजुरी अख्तियारमा परेका छन् ।

सरकारले कोरोना रोकथाम तथा नियन्त्रणका लागि साढे दुई महिनासम्म देशैभरि लकडाउन गर्दा अत्यावश्यकबाहेक सरकारी कार्यालयहरु बन्द रहे । तर, त्यो अवधिमा पनि अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा करिब दुई हजार भ्रष्टाचार तथा अनियमितताका उजुरी परेका छन् ।

चैत, वैशाख र जेठसम्ममा खरिद प्रक्रियामा अनियमितता, गुणस्तरहीन काम, राहत र ‘क्वारेन्टिन’ प्रक्रियाका विषय, स्वास्थ्य मन्त्रालयअन्तर्गत् स्वास्थ्य सामग्री खरिद प्रक्रियामा भएको अनियमितालगायत करिब दुई हजार उजुरी प्राप्त भएको अख्तियारले जनाएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस