असार १०, काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाको स्थायी समिति बैठक शुक्रबार सम्मका लागि स्थगित भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा अध्यक्षद्वय केपी ओली र पुष्पकमल दाहालले बैठकको एजेण्डा प्रस्तुत गर्दै आ–आफ्ना धारणा राखेपछि बैठक दुई दिनसम्मका लागि स्थगित गरिएको हो । दुबै अध्यक्षले बैठकमा पेश गरिएको सात बुँदे एजेण्डाका सेरोफेरोमा आफ्नो मन्तव्य राखेका थिए । बैठकले तय गरेको सात एजेडामा पहिलो दिन अध्यक्षद्वयले अहिलेको सन्दर्भमा बैठकको प्रारम्भमा मन्तव्य राख्ने रहेको थियो । यसैगरी कोभिड १९ रोकथाम, नियन्त्रण र उपचार, सीमा समस्या र समाधान, सरकारको कामको समीक्षा, पार्टी कामको समीक्षा र सांगठिनक एकताको पूर्णता, एमसीसी र विविधि रहेको छ ।