नयाँ नक्सा सर्वसम्मत अनुमोदन गरेकोमा दलहरुलाई राष्ट्रपतिको बधाई

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७७ अषाढ १०, बुधबार (४ साल अघि)
  • १७ पटक पढिएको
Post Thumbnail

असार १०,काठमाडौँ । लिम्पियाधुरा, कालापानी र लिपुलेक क्षेत्रलाई समेटेर जारी गरेको नक्सा सर्वसम्मत अनुमोदन गरेकोमा राष्ट्रपति विद्यादेवी भण्डारीले दलहरुलाई बधाई दिएकी छन् ।

राष्ट्रिपति भण्डारीले बुधबार अपराह्न संसदमा रहेका प्रमुख दलका शीर्ष नेताहरु र पूर्व प्रधानमन्त्रीहरुलाई शीतल निवासमा बोलाएर छलफल गरेकी थिइन् । नयाँ नक्सा पास गर्न दलहरुबीच राष्ट्रिय सहमति बनेकोमा उनले बधाई दिएकी छन् ।

साथै कोरोना भाइरस ९कोभिड–१९० को महामारीविरुद्ध पनि एक भएर लड्ने विश्वास व्यक्त गरेको भेटमा सहभागी एक नेताले जानकारी दिएका छन् ।

ताजा अपडेट

खोजी गर्नुहोस