चर्को आलोचनापछि स्थायी कमिटी बैठकमा ओली केहीबेर उपस्थित

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७७ अषाढ १३, शनिबार (४ साल अघि)
  • १८ पटक पढिएको
Post Thumbnail

असार १३,काठमाडौँ । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा बसिरहेको नेकपा स्थायी कमिटीको बैठकमा शुक्रबार अनुपस्थित भएपछि प्रधानमन्त्री केपी शर्मा ओलीको चर्को आलोचना भयो । शनिबारको बैठकमा भने उनी केहीबेर उपस्थित भए । र, एकैछिनमा बाहिरिए ।

तेस्रो दिन शनिबार ११ बजे बस्ने भनिएको स्थायी कमिटीको बैठक साढे ११ बजेतिर सुरु भएको थियो । बैठकमा उपस्थित भएका प्रधानमन्त्री १२ नबज्दै बाहिरिएको स्रोतले बतायो ।

अर्का अध्यक्ष प्रचण्डले अध्यक्षता गरिरहेको हुँदा बैठकमा पूरै समय आफ्नो उपस्थिति जरुरी नहुने र प्रधानमन्त्रीको हैसियतले अरु पनि कामहरु भएको प्रधानमन्त्रीले स्पष्टीकरण दिएको बालुवाटार स्रोतले बतायो ।

नेकपा स्थायी कमिटीको बैठक बालुवाटारमा बुधबारदेखि सुरु भएको हो । सुरुको दिन बैठकलाई सम्वोधन गरेका प्रधानमन्त्री ओली शुक्रबारको दोस्रो बैठकमा सहभागी भएनन् ।

शुक्रबारको बैठकमा प्रधानमन्त्री ओलीको अनुपस्थितिलाई लिएर आक्रोश पोख्दै कतिपय नेताहरुले बालुवाटारको बैठक धुम्बाराहीस्थित पार्टी कार्यालयमा सार्न मागसमेत गरेका थिए ।

ताजा अपडेट

खोजी गर्नुहोस