‘४० वर्षयता मिहेनत गरेर नै कृषि क्षेत्रलाई ध्वस्त पार्ने काम भएछ’: कृषिमन्त्री भुषाल

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७७ अषाढ १३, शनिबार (४ साल अघि)
  • १७ पटक पढिएको
Post Thumbnail

असार १३,काठमाडौँ । कृषि तथा पशुपन्छी विकासमन्त्री घनश्याम भुसालले ४० वर्ष यता कृषि क्षेत्रलाई विगार्ने काम मात्रै भएको टिप्पणी गरेका छन् ।

एसोसिएसन आफ नेपाली एग्रिकल्चरल जर्नलिष्टस् (आनाज) द्धारा राष्ट्रिय धान दिवसको अवसरमा आयोजित अन्तरक्रिया कार्यक्रममा मन्त्री भुसालले ३०/४० वर्षयता मिहेनत गरेर नै कृषि क्षेत्रलाई ध्वस्त पार्ने काम भएको बताए ।

कृषि विकासका लागि भाषण गर्ने, ठेक्का पट्टा गर्ने, विभिन्न प्रोजेक्टहरु ल्याएर विगार्ने काम मात्र भएइको उनले बताए । ‘हामीले त ३०/४० वर्ष भयो बर्बाद पार्न थालेको । साना दुःखले बार्दद पारेको होइन, बहुत मेहनतले बर्बाद परेका छौं’ उनले भने । यसलाई सुधार्न केही समय लाग्ने यनले बताए ।

देशमा औद्योगीक उत्पादन बढाउने प्रयत्न गर्दा र कृषि वस्तुको व्यवस्थापन बजारलाई छाड्दा कृषि व्यवस्था र प्रणाली विग्रेको मन्त्री भुसालले बताए । किसानका परम्परागत ज्ञान र सीपलाई विकास गर्न नसक्दा पनि नेपालको कृषि क्षेत्र पछाडि परेको भन्दै उनले भने, ‘कृषि प्रधान देशमा अन्न पनि किनेर खानुपर्ने, फलफुल किनेर खानुपर्ने, माछामासु किनेर खानुपर्ने, दुध किनेर खानुपर्ने दिन आए ।’

कोरोना महामारीले कृषि नै जीवन हो भनेर ब्यूँझाएको भन्दै कृषिमन्त्री भुसालले कोरोनाले सिकाएको पाठ विर्सिने गल्ती गर्न नहुनेमा जोड दिएका छन् ।

ताजा अपडेट

खोजी गर्नुहोस