असार १४, काठमाण्डौ । अनेरास्ववियुका केन्द्रिय नेता सुदेश पराजुलीले जंगबहादुर सँग प्रधानमन्त्री केपि शर्मा ओलीको तुलना गर्नुको तुक नभएको बताएका छन् । सामाजिक सञ्जाल फेसबुकमा एक स्टाटस राख्दै उनले जंग बहादुर र बर्तमान प्रधानमन्त्रीको तुलना गर्दा के कम्युनिस्ट आन्दोलनको अभमुल्यन हुदैन र कमरेड ? भनेर प्रश्न गरेका छन् । पछिल्ला दिनहरुमा केपि शर्मा ओलीका बिवादास्पद भनाईहरु आईरहेको भन्दै धेरैले बिभिन्न ब्यक्तित्वहरुसँग तुलना गर्ने तथा लगाम बिना बोल्नु ठिक हैन भनेर टिप्पढी गर्दै आईरहेका छन् । नेता पराजुली लेख्छन् के यस्तो मुल्यांकनबाट प्रधानमन्त्रीको कद उच्च होला र ? के कम्युनिस्ट आन्दोलनको गरिमा बढ्ला र ? नरसंहार पश्चात विकास भएको चरित्र बोकेको पात्र र कम्युनिस्ट आदर्श बोकेको व्यक्ति समान हुन्छ होला र ?
कोतपर्व नेपालको इतिहासमा सबैभन्दा दोश्रो ठूलो हत्याकाण्ड हो । यो काण्डले तत्कालिन नेपालको अस्थिर राजनीतिलाई १०३ बर्षे राणा शासनतिर सुम्पेको थियो । यही काण्डले जंगबहादुरको उदय भएको थियो । यस्तो हत्याबाट उदय भएको व्यक्तिसङ्गको तुलनाले हाम्रो बाटो, हाम्रो निष्ठा, हाम्रो आदर्श कहाँ पुग्छ हो कमरेड ? भनेर प्रश्न माथी प्रश्न राखेका छन् । उनले कमरेड साची हामी कुन पाठशालाका विद्यार्थी हौ ? भनेर पनि सामाजिक सञ्जाल मार्फत प्रश्न गरेका छन् ।