असार २५, काठमाडौं । भारतमा कोरोना भाइरसको संक्रमण उच्च बिन्दूमा पुगेको छ । पछिल्लो २४ घण्टामा २५ हजार ५५९ जना संक्रमित थपिएका छन् । कुल संक्रमित ७ लाख ६९ हजार ५२ पुगेका छन् । मृतक ४९१ जना थपिएका छन् । कुल मृतक २१ हजार १४४ पुगेका छन् । निको हुने अहिलेसम्मकै बढी पछिल्लो २४ घण्टामा १९ हजार ५०९ पुगेका छन् । हालसम्म ४ लाख ७६ हजार ५५९ जनालाई निको भएको छ । सबैभन्दा बढी प्रभावित महाराष्ट्रमा ६ हजार ६०३ नयाँ संक्रमित थपिएर २ लाख २३ हजार ७२४ पुगेका छन् । मृतक १९८ थपिएर ९ हजार ४४८ पुगेका छन् । तमिलनाडुमा ३ हजार ७५६ संक्रमित थपिएका छन् भने मृतक ६४ थपिएका छन् । दिल्लीमा २ हजार ३३ संक्रमित थपिएका छकन् भने मृतक ४८ थपिएका छन् ।