विश्वमा एकै दिन २ लाख २८ हजार कोरोना संक्रमित थपिए !

  • अनलाइन केन्द्र
  • / विश्व /
  • २०७७ अषाढ २७, शनिबार (४ साल अघि)
  • १७ पटक पढिएको
Post Thumbnail

असार २७, काठमाडौं । विश्वमा एकै दिन २ लाख २८ हजार कोरोना संक्रमित थपिएका छन् । शुक्रबार एकै दिन विश्वभरमा २ लाख २८ हजार १०२ कोरोना संक्रमित थपिएका हुन् । विश्व स्वास्थ्य संगठन डब्लूएचओको तथ्यांक अनुसार एकै दिन कोरोना संक्रमित यति धेरै भेटिएको यो अहिलेसम्मकै सबैभन्दा धेरै हो ।

यसअघि जुलाई ४ मा सबैभन्दा धेरै २ लाख ११ हजार ४२८ संक्रमित थपिएका डब्लूएचओको तथ्यांकमा उल्लेख छ । हालसम्म विश्वमा एक करोड २१ लाख २ हजार ३२८ जनामा कोरोना संक्रमण देखिसकेको छ भने मृत्यु हुनेको संख्या ५ लाख ५१ हजार ४६ पुगेको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस