कोरोनाको स्रोत खोजी गर्दै डब्लुएचओको टोली चीनमा

  • अनलाइन केन्द्र
  • / विश्व /
  • २०७७ अषाढ ३०, मंगलबार (४ साल अघि)
  • १६ पटक पढिएको
Post Thumbnail

असार ३०, काठमाण्डौ । कोरोनाभाइरसको उत्पत्तिको स्रोतको खोजी गर्दै विश्व स्वास्थ्य सङ्गठन डब्लुएचओका विज्ञहरू चीन पुगेका छन् । डब्लुएचओका दुई जना विज्ञ चीन आएको चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता हुआ छुनयिङले सोमबार पुष्टि गरेका छन् ।

विश्वभरी महामारीको रूपमा फैलिएको कोरोनाभाइरसको सङ्क्रमण सबैभन्दा पहिला चीनमा भेटिएकोले उनीहरू अध्ययनका लागि चीन पुगेका हुन् । दैनिक पत्रकार सम्मेलनमा परराष्ट्र प्रवक्ता हुआले अध्ययनका लागि आएका डब्लुएचओका विज्ञहरूले चिनियाँ वैज्ञानिक, चिकित्सा विज्ञ र सरोकारवालाहरूसँग छलफल गर्ने जानकारी दिए ।

ताजा अपडेट

खोजी गर्नुहोस