असार ३१, काठमाडौँ । अमेरिकी राज्य फ्लोरिडामा मंगलबार एकै दिनमा १३२ जना कोरोना संक्रमितको मृत्यु भएको छ। त्यसैगरी ९ हजार १०० संक्रमित थपिएका छन्। फ्लोरिडामा अहिलेसम्म कोरोनाबाट ४ हजार ४०० जनाको मृत्यु भइसकेको छ। उक्त राज्यमा बजार खुलेपछि संक्रमण बढ्दो क्रममा छ। १२ जुलाईमा एकै दिन १५ हजार ३०० संक्रमित थपिएका थिए। जोन हप्किन्स विश्वविद्यालयका अनुसार फ्लोरिडामा २२ जुनसम्म १ लाख संक्रमित थिए। त्यसपछिका १३ दिनमा यो संख्या दोब्बर भएको छ। त्यहाँ अहिले कोरोना संक्रमितको संख्या २ लाख ८७ हजार पुगिसकेको छ। त्यहाँ परीक्षण गरिएकामध्ये करिब २० प्रतिशत संक्रमित पाइएका छन्।