पौडेल समूहले तयार पारेको विरोध पत्रमा सिटौला समूहको असन्तुष्टि

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७७ आश्विन ११, आईतबार (४ साल अघि)
  • २१ पटक पढिएको
Post Thumbnail

असोज ११,काठमाडौँ । पार्टी सभापति शेरबहादुर देउवालाई बुझाउन वरिष्ठ नेता रामचन्द्र पौडेल समूहले तयार पारेको विरोध पत्रमा कृष्ण सिटौला समूहले हस्ताक्षर गर्न अस्वीकार गरेका छन् ।

समायोजन, क्रियाशील सदस्यता, विभागहरु गठन, भ्रातृ–शुभेच्छुक संस्थाको मुद्दा उठाएर पौडेल समूहले विरोध पत्र बनाएको छ, जसमा महामन्त्री शशांक कोइराला र कोषध्यक्ष सीतादेवी यादवसहित २७ केन्द्रीय सदस्यले हस्ताक्षर गरेका छन् ।

विरोधपत्रमा सिटौला समूहको पनि हस्ताक्षर लिने पौडेल समूहको प्रयास थियो । आइतबार विहान आफ्नै निवास बोहोराटारमा भएको भेटमा वरिष्ठ नेता पौडेलले विरोधपत्रमा हस्ताक्षर गर्न सिटौलालाई आग्रह गरेका थिए ।

तर सिटौलाले आफ्नो समूहले हस्ताक्षर नगर्ने बताएका छन् । ‘उनले आज विरोध पत्रबारे भने, तर मैले मेरो समूहले केही गर्नुपर्‍यो भने म आफैं भनिहाल्छु नि भनेको छु’ पूर्वमहामन्त्री सिटौलाले भनेका छन्, ‘रामचन्द्र पौडेल समूहको विरोध पत्रमा मेरो समूहले किन हस्ताक्षर गर्नुपर्‍यो ?’

मुद्दाका आधारमा आफ्नो समर्थन र विरोध हुने भन्दै उनले पौडेल समूहले उठाएको मुद्दाहरुमा आसन्न केन्द्रीय कार्यसमितिमा आफ्नो धारणा राख्ने बताएका छन् । सिटौलाले भने, ‘पार्टीको आन्तरिक विषयलाई बाहिर धेरै छताछुल्ल पार्न चाहन्नँ ।’

कांग्रेस केन्द्रीय समितिमा सिटौला समूहका उनीसँगै प्रदीप पौडेल, गगन थापा र (आमन्त्रित) शिव हुमागाई छन् । उनीहरु चारै जनाले विरोध पत्रमा हस्ताक्षर गर्ने छैनन् ।

पौडेल समूहका एक नेताले पनि त्यसलाई स्वीकार गरे । ‘हाम्रो २७ जनाको हस्ताक्षर भइसकेको छ । ३१ बनाउन खोजेका थियौं, सम्भव भएन’ उनले भनेका छन् ।

ताजा अपडेट

खोजी गर्नुहोस