अर्थ बाहेक अन्य मन्त्रालय नलिने सुरेन्द्र पाण्डेको स्पष्टोक्ती

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७७ आश्विन १३, मंगलबार (४ साल अघि)
  • १९ पटक पढिएको
Post Thumbnail

असोज १३,काठमाडौँ । नेकपा नेता सुरेन्द्र पाण्डले अर्थ बाहेक अरु मन्त्रालयको जिम्मेवारी लिने गरी मन्त्री बन्न अस्वीकार गरेका छन् । नेकपा अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकार पुनःगठन गर्ने तयारी भइरहेका बेला पाण्डेलाई अर्थ बाहेक अरु मन्त्री बन्न बालुवाटारबाट प्रस्ताव आए पनि त्यसलाई अस्वीकार गरेका हुन्।

पाण्डेलाई आइतबार प्रधानमन्त्रीका विदेश मामिला सल्लाहकार डा. राजन भट्टराईले फोन गरेर अरु मन्त्रालयको जिम्मेवारी लिने गरी मन्त्री बन्न प्रस्ताव गरेका थिए। जवाफमा पाण्डेले आफू अर्थमन्त्रालय बाहेक अरु मन्त्रालयमा नजाने बताएको स्रोतले जानकारी दियो । दश वर्षअघि माधवकुमार नेपाल नेतृत्वको सरकारका पाण्डेले अर्थमन्त्रीको जिम्मेवारी सम्महालेका थिए।

पाण्डेले अर्थबाहेक अरु मन्त्रालयको जिम्मेवारी लिने गरी सरकारमा सहभागी नहुने आफ्नो पुरानै अडान भएको देश सञ्चारसँग बताए। उनले भने, ‘यो त मेरो पुरानै कुरा हो। अर्थबाहेक अरु मन्त्री बन्दिन भनेर सार्वजनिक रुपमै भनिसकेको छु।’

यसअघि अर्थमन्त्री रहेका डा. युवराज खतिवडालाई मन्त्री सरहको हैसियत दिने गरी ओलीले प्रधानमन्त्रीको विशेष आर्थिक सल्लाहाकार नियुक्त गरेका थिए। उनले अर्थको जिम्मेवारी आफैँ लिने र ‘डिफ्याक्टो अर्थमन्त्री’का रुपमा खतिवडालाई काम गराउने तयारी गरेको चर्चा नेकपा वृत्तमा छ।

ओलीले आइतबार नै मन्त्रिपरिषद गठन गर्ने गरी तयारी गरे पनि नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग कुरा नमिल्दा रोकिएको थियो। पुनः गठन गर्ने तयारी स्वरुप ओलीले सोमबार९आज० बस्ने नियममित मन्त्रिपरिषदको बैठक आइतबार दिउँसो १२ बजे नै राखेका थिए।

ओलीले केही मन्त्रीलाई मात्रै हटाएर खाली रहेका मन्त्रालयलाई पूर्णता दिन प्रस्ताव गरेका पनि दाहालले धेरै मन्त्रीलाई बिदाइ गरेर नयाँलाई अवसर दिनुपर्ने अडान राखेका थिए।

स्रोतका अनुसार दुई अध्यक्षबीच गृहमन्त्री रहेका रामबहादुर थापा बादल र उद्योग वाणिज्य मन्त्री लेखराज भट्टलाई हटाउने विषयमा कुरा मिल्न सकेको छैन। प्रचण्डले दुवैलाई हटाउनु पर्ने बताए पनि ओली त्यसका लागि तयार भएका छैनन्।

केही दिनदेखि मन्त्रिपरिषद् पुनःगठनबारे लगातार छलफल गर्दै आएका ओली दाहालले सोमबार पनि बालुवाटारमा कुराकानी गरेका थिए। दुई अध्यक्षबीच अझै कुरा मिलिनसकेको स्रोतको भनाइ छ।

ताजा अपडेट

खोजी गर्नुहोस