बलात्कारका घटना रोक्न सरकारले अधिकतम प्रयत्न गरिरहेको छ : गृहमन्त्री बादल

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७७ आश्विन १४, बुधबार (४ साल अघि)
  • २२ पटक पढिएको
Post Thumbnail

असोज १४, काठमाडौ । गृहमन्त्री रामबहादुर थापा बादलले बलात्कारका घटना रोक्न सरकारले अधिकतम प्रयत्न गरिरहेको बताएका छन् । तर पछिल्लो समय औसतमा प्रत्येक दिन ६/७ जना बलात्कृत हुने गरेको देखिएको उनले बताएका छन् ।

राज्य व्यवस्था तथा सुशासन समितिको बुधबार बसेको बैठकमा गृहमन्त्री बादलले भने, ‘बलात्कारका घटनालाई रोक्न सरकारको तर्फबाट निष्ठापूर्वक अधिकतम प्रयत्न गरिरहेका छौं ।’

बलात्कारीलाई फाँसी दिनुपर्ने महिला सांसदहरुको मागतर्फ संकेत गर्दै उनले कानुनमा कमजोरीहरु छन् कि भन्ने बहस भइरहेको बताए । तर यसबारे थप केही बताएनन् । समितिमा प्रहरी महानिरीक्षकलगायतलाई बोलाइएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस