एनआइसी एशिया बैंकमा भाखा नाघेका कर्जाहरूको ब्याजदर ८.९९ प्रतिशत कायम गर्न ९ दिन बाँकी

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०७७ आश्विन २२, बिहिबार (४ साल अघि)
  • १५ पटक पढिएको
Post Thumbnail

असोज २२, काठमाण्डौ । एनआइसी एशिया बैंकले कोरोना भाइरसको महामारीबाट आफ्ना ऋणीहरूमा परेको असर न्यूनीकरण गर्न भन्दै भाखा नाघेका कर्जाहरूको ब्याजदर ८।९९ प्रतिशत कायम गर्ने समय ९ दिन बाँकी रहेको जनाएको छ । बैंकले २०७७ श्रावण मसान्तसम्म ३ महिना वा बढीले बक्यौताको भाखा नाघेका कर्जाहरूको २०७७ आश्विन मसान्तसम्मको साँवा तथा ब्याज रकम सोही मसान्तभित्र चुक्ता भुक्तान गरेमा साविकको ब्याजदरलाई घटाई १ कात्र्तिक २०७७ देखि लागू हुनेगरी ८।९९ प्रतिशत ब्याजदर कायम गरिने योजना ल्याएको थियो ।

यस योजना अनुसार मानौं कुनै रू। १ करोडको कर्जा वार्षिक १२ प्रतिशत ब्याजदरमा उपभोग गरिरहेका ग्राहकले भने एक वर्षमा रू। ३ लाख रकम बराबरको लाभ लिन सक्नेछन् । उक्त लाभ हुनु भनेको यस योजनाका लागि योग्य ग्राहक महानुभावको लागि वहाँले बैंकमा चुक्ता भुक्तान गर्ने ब्याज रकममा २५ प्रतिशतको लाभ हुनु हो । यस असाधारण समयमा ग्राहक महानुभावहरूमा परेको आर्थिक भारलाई कम गर्ने हेतुले यति धेरै लाभ हुनेगरी बैंकले यो योजना ल्याएको हो ।

यस योजनामा सहभागी हुन अब मात्र ९ दिन बाँकी रहेको हुँदा समयमै मौकाको फाइदा उठाउनु हुन बैंक सम्पूर्ण ऋणीहरूमा आह्वान गरेको छ । यस बैंकबाट मासिक तथा त्रयमासिक किस्ताबन्दी कर्जाहरूका साथै चालूपुँजी कर्जा तथा अन्य रिभल्विङ प्रकृतिका कर्जाहरू लगायत बैंकबाट प्रवाह भएका कुनै पनि कर्जाहरू उपभोग गर्नुभएका सम्पूर्ण योग्य ग्राहक महानुभावहरूले यस योजनामा सहभागी भई समयमै अतुलनीय फाइदाको लाभ उठाउन सक्नेछन् ।

ताजा अपडेट

खोजी गर्नुहोस