ओलीमाथी नेपालको कटाक्ष : बालुवाटारको बालुवा पेल्दा-पेल्दा ओलीबाट तेल निकाल्न सकिन्छ कि ?

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७७ पौष १४, मंगलबार (४ साल अघि)
  • २० पटक पढिएको
Post Thumbnail

पुस १४, काठमाण्डौ । नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष माधवकुमार नेपालले  बाङ्गो पुच्छरलाई तेल घस्दा सोझो बनाउन नसकिने भन्दै प्रधानमन्त्री केपी शर्मा ओलीमाथी कटाक्ष गरेका छन् । मंगलबार काठमाडौंमा भएको भेलालाई सम्बोधन गर्ने क्रममा ओली नसच्चिने उनले बताए ।
ओली सच्चिन्छन् कि भनेर अन्तिम मौका दिएर केन्द्रीय सदस्यबाट हटाएका छैनौं, उनले भने ‘उहाँ सुध्रने आश गरिरहेका छौं । साथीहरुले सुध्रनुहुन्छ कि भनिरहनुभएको छ । तर, मैले भनेको छु बालुवाटारको बालुवा पेल्दा-पेल्दा तेल निकाल्न सकिन्छ कि ? तेल निकाल्नुभयो भने धन्यवाद । बाङ्गो पुच्छरलाई तेल घस्दा सोझो बनाउन सक्नुहन्छ भने धन्यवाद,’ उनले भने ।

, ‘भीरबाट लड्ने गोरुलाई राम राम भन्न सकिन्छ काँध थाप्न सकिन्नँ,’ उनले भने । ओलीलाई सुधार्न कठिन भएको टिप्पणी गरे । नेकपाका प्रचण्ड-नेपाल समूहका अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीसँग कम्युनिस्ट हुनुपर्ने गुण नभएको बताएका छन् ।

ताजा अपडेट

खोजी गर्नुहोस